टेलिकमको फागु अफर



काठमाडौं (नेस) ।

मुलुकभर मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर आज चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।

यो अफरअन्तर्गत ६९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ मा ६ जीबी डाटा ३ दिन र २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

नेपालीहरूको महत्वपूर्ण पर्वहरू फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ । यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।

टेलिकमले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने
नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

टेलिकमले आफ्नो इतिहासमा पहिलोपटक बोनस सेयर दिएको हो । लाभांश वितरणसँगै टेलिकमको चुक्ता पुँजी १५ अर्बबाट १८ अर्ब पुग्ने बताइएको छ । यस्तै, टेलिकमले चैत २४ मा साधारणसभा गर्ने निर्णय गरेको छ । टेलिकमको बोनस सेयर चैत १० सम्म सेयर किनेका सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्