नेपाल लाइफ अनमोल जीवन बिमा सार्वजनिक



काठमाडौं (नेस) ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरूको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बिमा योजनाहरू ल्याउने क्रममा नेपाल लाइफ अनमोल जीवन जीवन बिमा योजना यहाँहरू माझ प्रस्तुत गरेको हो । यो जीवन बिमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बिमा हो ।

मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बिमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनीले सावधिक र आजिवनको विशेषता भएको नेपाल लाइफ अनमोल जीवन जीवन बिमा योजना बजारमा ल्याएको हो ।

बिमा अवधि समाप्तिपश्चात् पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिमअन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहनबापतको समर्पण मूल्य भुक्तानी लिन सक्ने जीवन बिमा योजनाको अर्को विशेषता भएको कम्पनीले दाबी गरेको छ ।

१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्र्षसम्म अवधिको उक्त बिमा योजना लिन सक्नेछन् । बिमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजारदेखि आयस्रोतको आधारमा जति पनि बिमाङ्क रकमको बिमा गर्न सकिने छ । बिमा शुल्क भुक्तानी तरिका छनौटको छुट वा थप शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्