करेन्ट चिज एन्ड बटर र चिज बल्स सार्वजनिक



काठमाडौं (नेस) ।

मिठो पिरो चाउचाउका रूपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स पस्कने भएको छ । कार्यक्रममार्फत उद्योगले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिलिप्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो ।

सुपर प्रिमियम चाउचाउअन्तर्गत नेपालमै पहिलोपटक करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स फेमिलिप्याकमा उपलब्ध भएको कम्पनीले जनाएको छ भने यसको प्रतिपिसको मूल्य १ सय २० र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ ।

फेमीली प्याकमा २० पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जासमेत सोही कार्यक्रमकाबीच सार्वजनिक भएको छ । सोही कार्यक्रमबाटै चिज बल्स पारखीका लागि चिज बल्सअन्तर्गत चिजको स्वादमा ५० पर्ने चिज बल्ससमेत सार्वजनिक गरेको छ ।

विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नं १ ब्रान्ड बनिसकेको कम्पनीले दाबी गरेको छ । नेपालमामात्र नभई भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलियालगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको उद्योगबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्