गोल्छा ग्रुपद्वारा विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग



काठमाडौं ।

गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिने जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम शुरु गर्दा गोल्छा ग्रुपले पनि साथ दिएको हो ।

फेब्रुअरी २०२२ मा उक्त टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको थियो । अनेकन टेस्ट राइडहरु पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ । सबै नियमहरु पलना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरु अनुसार गाडी बनाइएको निर्माण गर्नेहरुको दाबी छ ।

‘मैचा’ को ब्याट्रीले १ प्ध्ज चार्जबाट १५० किलोमिटर सम्मको रेन्ज दिन्छ । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

उनीहरुको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवर्द्धन गर्नु हो । साथै, उनीहरू शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो ईभी (विद्युतीय सवारी) टोली हुन् । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्