ग्लोबल आईएमई बैंकको कटारीमा नयाँ शाखा



काठमाडौं  ।

ग्लोबल आईएमई बैंक लिमिटेड कटारी शाखा सञ्चालनमा आएको छ ।

एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयाश कार्कीले संयुक्तरूपमा शाखाको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आईएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्