फोनपेको सीईओमा सिद्धान्त ठकुरी



काठमाडौं ।

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त हुनुभएको छ। नवनियुक्त ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गर्नुभयो।

नवनियुक्त सिईओ ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्षभन्दा धेरैको अनुभव रहेको छ। ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ। ठकुरीसँग सेल्स एन्ड मार्केटिध्र, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्षभन्दा बढीको अनुभव छ। उहाँको आगमनसँगै फोनपको सेवा थप सहज बनाउन सहयोग पग्ने अपेक्षा गरिएको छ।

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिध्र प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्