दराजले गर्‍यो आइएमई पे डेको घोषणा



काठमाडौं ।

नेपालको अग्रणी अनलाइन बजार दराजले आइएमई पेसँग साझेदारी गरि हरेक आइतबार आइएमई पे डे शुरु हुने घोषणा गरेको छ। यससँगै दराज र आइएमई पे प्रयोगकर्ताले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत अतिरिक्त छुट पाउने भएका छन्।

साथै, दराजका ग्राहकले आफ्नो आइएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशतसम्मको अतिरिक्त छुट पाउने भएका छन्। यो सम्झौता दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्