मुक्तिनाथ विकास बैंकको सहयोग



काठमाडौं (नेस) ।

मुक्तिनाथ विकास बैकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संध संस्थाहरूलाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणसम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई लागि सहयोग गरेको छ ।

बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच सहयोगका लागि चेक हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख वसन्त बक्सी, काठमाडौं उप—क्षेत्रीय प्रमुख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्दक सुरज गौतम र अन्य कर्मचारीहरूको उपस्थिति तथा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्वबन्धु गौतम तथा अन्य आधिकारिक सदस्यहरूको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न ,वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरूलाई एक सम्पन्न पार्कमा आई आराम गर्न वातावरण मिल्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्