सानिमाको क्यास ब्याक अफर



काठमाडौं, (नेस) ।

सानिमा बैंकले आफ्ना ग्राहकका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङ्गमार्फत क्युआर कोर्डबाट भुक्तानी गर्दा क्यास ब्याक अफर दिएको छ । यो योजना २०७८ फाल्गुनदेखि २०७९ वैशाख मसान्तसम्मका लागि लागु हुनेछ सानिमा बैंकले जनाएको छ ।

नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा २ प्रतिशत वा अधिकतम रु २० तथा मासिक अधिकतम रु. ५ सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । क्यास ब्याकबापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्