एनएमबी बैंकको नौलो बचत योजना



काठमाडौं (नेस) ।

एनएमबी बैंक लिमिटेडले युवाहरूलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ल्याएको छ । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्नेछन् । एनएमबी बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

त्यसै गरी यस योजनाअन्तर्गत बैंकले, एनएमबी ओम्नीच्यानल बैंकिङ्ग, एनएमबी क्रेडिट कार्ड र एनएमबी डलर कार्ड (साथै डलर टप–अप) मा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्क अन्तर बैंक फन्ड ट्रान्सफर र वार्षिक रु १ हजार २ सयसम्मको क्यास ब्याक योजनाजस्ता आकर्षक लाभहरू पनि उपलब्ध गराउने छ । यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ ।

एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’पनि प्राप्त गरिसकेको छ ।

एनएमबी बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्