बढ्यो सुनचाँदीको मूल्य



काठमाडौं ।

सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्