टाटा मोटर्सको नयाँ सोरूम बनेपामा



काठमाडौं (नेस) ।

टाटा मोटर्सले काभ्रेस्थित बनेपामा आफ्नो नयाँ सोरूम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटामोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फागुन महिनादेखि सेवा पुर्याउने योजनासहित बनेपामा आफ्नो नयाँ सोरूम आउटलेट विस्तार गरेको हो ।

बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो छ जसका सञ्चालक सेवक बुढाथोकी हुन् । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । योसँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ ।

लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । बनेपामा टाटा मोटर्स सिप्रदीको यो पहिलो सोरूम हो । यसले हाम्रो ग्राहक केन्द्रित दृष्टिकोण र उनीहरूसँग नजिकको सम्बन्ध विस्तार गर्न मद्दत मिल्नेमा हामी सकारात्मक छौं ।

नयाँ आउटलेट सञ्चालनसम्बन्धी सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख शावन्त जंग सिजापतीले भन्नुभयो– ‘हामीले अहिले मासिक रूपमा कम्पनीको वृद्धि भएको देखिरहेका छौं । यो नयाँ डिलरसीप र सम्झौता कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि क्षेत्रमा नयाँ कोशेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं । बनेपा हाम्रो लागि प्रमुख बजार मात्र नभई यो हाम्रो विकास रणनीतिको प्रमुख हिस्सा पनि हो ।’

त्यस्तै, लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले पनि बनेपाको नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो नियुक्त भएकोमा खुसी व्यक्त गनुभयो । उहाँले भन्नुभयो–बनेपामा सिप्रदी ट्रेडिङका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा हामी निकै गर्व महसुस गरिरहेका छौं ।

अब बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताले टाटा मोटर्सका साना गाडीसम्बन्धी परामर्श, खरिद तथा एक्सचेन्ज सर्भिसजस्ता सुविधा लिन सक्ने भएका छन् । उपभोक्ताहरूले यहाँबाट दक्ष प्राविधिकमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको पार्टपुर्जाहरू पनि सहजै पाउने कम्पनीले दाबी गरेको छ ।

यसअघि टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रूपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरका विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकलाई निरन्तर सेवा पुर्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्