बैंकद्वारा फर्निचर हस्तान्तरण



काठमाडौं (नेस) ।

महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘एक शाखा , एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै महालक्ष्मी विकास बैंकको हसुलिया शाखाले कैलारी उद्योग वाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बीच फर्निचर हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो शाखाले उद्योग वाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताउनुभयो ।

उक्त फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै कैलारी गाउँपालिका अध्यक्ष चौधरीले बैंकले उत्कृष्ट वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्थानीयहरूको आर्थिक उत्थानमा सहयोग पुर्याइरहेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्