ज्योति विकास बैंकद्वारा बेबी वार्मर प्रदान



काठमाडौं (नेस) ।

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धधन कोष’ मार्फत चिउरीडाँडा स्वास्थ्य चौकी– खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी – सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।

बैंकले यी अस्पतालहरूलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । चिउरीडाँडा स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्धन कोषका संयोजक सुरेन्द्र नेपालीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ७– खोटाङका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष महन्तकुमार राईलाई बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको भयो ।

त्यसै गरी कल्पवृक्ष स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट सुरेन्द्र नेपालीले मरीण गाउँपालिका–३, सिन्धुलीका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका विमर्श मोक्तानलाई बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो ।

ज्योति विकास बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्