एनएमबी बैंक र रेमिट हाइड्रोबीच समझदारी



काठमाडौं (नेस) ।

एनएमबी बैंक र रेमिट हाइड्रो लि. बीच ७७ दशमलव ५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत् आयोजना रेमिट हाइड्रोद्वारा प्रवर्धित आयोजना हो । रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी तथा रेमिट्यान्सकर्ताहरूको लगानी रहने छ ।

एनएमबी बैंकले समझदारी पत्रमा हस्ताक्षरपश्चात् अन्य बैंक तथा वित्तीय संस्थालाई समेत सामेल गराई सह–वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गर्ने भएको छ । घुन्सा खोला जलविद्युत् आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहने भएको छ । एनएमबी बैंकले हाल सम्म ४६ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्