नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बिमा योजना



काठमाडौं (नेस) ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बिमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषताहरू रहेका जीवन बिमा योजनाहरू ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बिमा योजना ल्याएको छ ।

प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफू पछि पनि आफ्नो परिवारको उज्ज्वल भविष्यको परिकल्पना गरेको हुन्छ । तर जीवन अनिश्चित छ, कुनै पनि समयमा घट्न सक्ने अकल्पनीय घटनाले पारिवारिक जीवनशैलीलाई नै परिवर्तन गर्छ । सबै व्यक्तिलाई आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ ।

यही चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरेको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बिमा योजना ल्याएको छ । न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु योजनाको मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्