महालक्ष्मी बैंकका ग्राहकलाई दियालो फुडल्यान्डमा छुट



काठमाडौं (नेस) ।

महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस प्रालिलीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकले होटलका विभिन्न सेवाहरूमा आकर्षक छुट पाउने भएका छन् ।

यस किसिमको सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथ साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्