खुला गरियो हलेसी मन्दिर 

0
Shares

खोटाङ ।

खोटाङस्थित धार्मिक स्थल हलेसी गुफा खुला गरिएको छ । हिन्दु, बौद्ध तथा किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी मन्दिर रहेको गुफा कोरोना महामारी बढेसँगै गत माघ ७ गते बन्द गरिएको थियो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र(डिसीएमसी)को बैठकको निर्णयले एक पटकमा बढीमा १५ जना नबढ्ने गरी दर्शनार्थी प्रवेश गर्न पाउने गरी मन्दिर खुला गरिएको डिसीएमसी संयोजक एवम् प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जनाउनुभयो । कोरोनाको पहिलो र दोस्रो लहरका कारण हलेसी मन्दिर महिनौँ बन्द हुँदा लाखौँ रुपैयाँ भेटी घाटी संकलन हुन नसक्नुका साथै होटल व्यवसायीहरू मारमा परेका छन् ।

प्रजिअ दाहालका अनुसार जिल्लास्थित हाटबजार तथा महोत्सव–मेला भने खुला गरिएको छैन । हलेसी मन्दिरसहित अन्य मठ–मन्दिर, गुम्बा, चर्च र विद्यालय पनि सञ्चालन गरिएको छ । हलेसीमा नेपाल बाहेक चीन, भुटान, भारत, सिंगापुर, जापान, रुस, अमेरिका लगायतका मुलुकबाट श्रद्धालु भक्तजन तथा पर्यटक आउने गर्दछन् ।

Skip This