भाइवरको भ्यालेन्टाइन अफर



काठमाडौं ।

सुरक्षित मेसेजिङ र भ्वाइस–बेस्ड सञ्चारमा विश्वकै अग्र पंक्तिमा रहन सफल राकुटेन भाइवरले प्रयोगकर्ताका लागि संवादमा मद्दत पु¥याउने सम्बन्धसँग जोडिएका सुविधाहरू शुरू गर्ने भएको छ ।

‘भाइबरसँग आत्मविश्वास’ नाम दिएर फेव्रुअरी महिनाभर रोल गरिने यस अभियानभित्र भ्यालेनटाइन दिवसको रमाइलो एआर लेन्सहरू र सम्बन्धसँग जोडिएका क्विज र खुसी रहने सुझावजस्ता सुविधा सामेल गरिएका छन् । भ्यालेनेटाइनमा सधैं आफ्ना प्रयोगकर्तालाई केही न केही नयाँ दिँदै आएको सिलसिलालाई निरन्तरता दिँदै, भाइवरले ह्युमन इम्प्रुभमेन्ट प्रोजेक्टसँग साझेदारी गरेको छ ।

साथै, भाइबरले फेव्रुअरीभर उपलब्ध भ्यालेनटाइन दिवसको नयाँ एआर लेन्सहरू पनि लन्च गर्दैछ । यस अभियानमा तेह्र नयाँ लेन्सहरू, चश्मा, फोटोबुथ, र अन्य थप विशेषताहरू समावेश गरिएका छन् । विश्वभरका मानिसहरूलाई जहाँ भए पनि आत्मविश्वासका साथ जोडिन, प्रेम विकास गर्न र दिगो सम्बन्ध निर्माणका निम्ति मद्दत गर्न भाइवर सदैव प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस्