टेलिकमको भ्यालेन्टाइन अफर



काठमाडौं  ।

फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस भ्यालेन्टाइन डेको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । सो अफरअन्तर्गत ४९ रुपियाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा डे कम्बो अफर उपलब्ध हुनेछ ।

नेपाल टेलिकमको एप प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । यसै गरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात् भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २ सयदेखि ४सय ९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५ सय रुपियाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसको रूपमा निःशुल्क उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्