एनसेलले घटायो सबै लोकल कलको महशुल दर



काठमाडौं (नेस) ।

एनसेलका ग्राहकहरूले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक १रुपियाँ ९९पैसा प्रति मिनेटबाट घटाइ करबाहेक प्रति मिनेट १ रुपियाँ ६२पैैसा कायम गरेको छ ।

प्रिपेड ग्राहकहरूका लागि लागु भएको यो नयाँ महशुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।
यो परिमार्जित नयाँ महशुल दर शुक्रबारबाट लागु भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरूले एस्ट्रिक्स् १७१०७ ह्यास डायल गरी सेवा निःशुल्क चालु गर्न सक्छन् ।

नयाँ महशुल दरले ग्राहकलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ । हामी आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मूल्य प्रदान गर्न सदा प्रयासरत रहेका छौं । यो नयाँ महशुल दर २०७९ साउन २४ गतेसम्म लागु रहनेछ ।

प्रतिक्रिया दिनुहोस्