सिटिजन्स बैंकको नयाँ कल सेन्टर



काठमाडौं (नेस) ।

सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै आफ्नै नयाँ कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ ।अब यस बैंकका ग्राहकहरूले बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङ्गसम्बन्धी जिज्ञासा तथा समस्याको समाधान शाखामा उपस्थित नभइकन गर्न सक्नुहुनेछ ।

कल सेन्टरको प्रयोगले ग्राहकलाई सहज ढंगले बैंकिङ्ख सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने छ । हालका लागि यो सेवा आठ घण्टाको लागि आरम्भ गरिएको छ । क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको छ ।

देशभरी रहनु भएका १३ लाखभन्दा बढी ग्राहकलाई यो सेवाको आरम्भ भएसँगै बैकसँग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्