एनआइबीएलको नयाँ मुद्दती खाता



काठमाडौं (नेस) ।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा एनआइबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । भविष्यमा ग्राहकवर्गलाई आइपर्ने आर्थिक व्यय भार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी सिद्ध हुनेमा बैंकले जनाएको छ ।

निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने, न्यूनतम दश हजारमा मुद्दती खाता खोल्न सकिने, निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने, साँवा तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने मुद्दती खाताका विशेषता रहेका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ केन्द्र तथा १३१ एटिएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्