दराजले ल्यायो अफरै अफर



काठमाडौं (नेस) ।

नेपालको अग्रणी अनलाइन बजार, दराजले २०२२ को पहिलो अभियान – सेलिब्रेट लभ, घोषणा गरेको छ । यो अभियान २१ माघ बाट शुरू हुनेछ भने यस अभियानका मुख्य आकर्षणहरू ६० प्रतिशतसम्मको मेगा डिल, कार्ड प्रिपेमेन्टमा १५ प्रतिशतसम्मको छुट, ५हजारसम्मको मेगा भौउचर, ५० हजार मूल्यको सामान केवल १ रुपियाँमा जित्ने मौका रहेको छ । यद्यपि, अभियानको सोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ एकजना विजेताले रु. १ लाख २२ हजार मूल्यको बालाजीको हिराको झुम्का र औंठी जित्न मौका पाउनेछन् ।

अभियानको मुख्य सन्देशलाई थप फैलाउने प्रयासमा दराजले नेपालका प्रमुख प्रभावशाली व्यक्तिहरूसँग हात मिलाएर सञ्चारको एउटा महत्वपूर्ण सञ्जाल गठन गरेको छ । त्यसैगरी, विज्ञापन, सामाजिक सञ्जाल, प्रभावकारिता, ब्लगर/भ्लगर, आउट अफ होम ब्रान्डिङ, ब्रान्ड पार्टनर, भुक्तानी साझेदार र प्रवर्धन साझेदारहरू समावेश गर्दै अभियानको प्रचार पनि नेपालभर विस्तार गरेको कम्पनीले जनाएको छ ।

अभियानको अवधिभर ग्राहकहरूले एपल, रियलमी, बियर्डो, रोटो, एएनएक्स, वाइल्डहर्न, कन्भर्स, मसला बिड्स, अमय्रा फेसन, विक्की स्टेसनर्स, कडेस, एक्स एज, ह्यमुन्ड्स फ्लाईक्याचर, प्याजाइटालिया र थप अरू प्रमुख ब्रान्डका उत्पादनहरूमा ६० प्रतिशतसम्मको मेगा डिल प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्