जगदम्बा स्टिलद्वारा तेस्रो देश निर्यात



काठमाडौं (नेस) ।

स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । नेपालमा उपभोक्ताको मन जित्न सफल जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा सिट’हरूको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको छ । कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरू तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको छ।

नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रूपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ । तेस्रो देश निर्यात थालनीको अवसरमा बोल्दै शंकर गु्रपका अध्यक्ष शंकरलाल अग्रवालले यस्तो बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्