न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली बजारमा आज (बुधबार) सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार तेजावी सुनको मुल्य तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि बढेको देखिन्छ । मंगलबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ । ।











प्रतिक्रिया