मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं (नेस) ।

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डट कमसँग व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

बजेट पसल डट कमद्वारा केही किल्कबाटै सजिलै विभिन्न सामग्रीहरू जस्तै खाद्य वस्तुहरू, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामग्री, घरेलु सरसफाई, सुन्दरताका सामग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिने छ । होम डेलिभरिको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले बजेट पसलबाट ३ हजार भन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुटको फाइदा लिनसक्ने बैंकले जनाएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्