सानिमा बैंक अब कावासोती, बर्दिबास र अत्तरियामा



काठमाडौं (नेस) ।

सानिमा बैंक लिमिटेडले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले गर्नुभयो ।

यसै गरी, बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्तरूपमा गर्नुभयो ।

उद्घाटन समारोहमा मेयर पुन, कार्की र साउद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड १९को जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपायहरू अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्