सनराइज बैंकलाई ए प्लस इस्युवर रेटिङ प्रदान



काठमाडौं (नेस) ।

सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ नेपालले ए प्लस इस्युवर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ नेपालद्वारा गरिने निरीक्षणमा यस बैंकले विगत ४ वर्षदेखि नियमित रूपमा एप्लस रेटिङ प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ ।

ए प्लस रेटिङ भएका वित्तीय संस्थाको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘इस्युवर रेटिङ’ रहेका वित्तीय संस्थाहरूमा न्यून जोखिम रहेको मानिन्छ ।

बैंकले आफ्ना लगानीकर्ता तथा सम्पूर्ण हिताधिकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखीमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गरेको बैंकले जनाएको छ । आगामी दिनमा पनि बैंकले आफ्ना परिसूचक अझ सशक्त गर्दै लैजाने कुरामा बैंक प्रतिबद्घ रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्