दुई सय ४८ पर्यटकले निकुञ्जको भ्रमण गरे



रसुवा (नेस) ।

लामटाङ राष्ट्रिय निकुञ्जभित्र पुस महिनामा दुई सय ४८ जना आन्तरिक तथा बाह्य पर्यटकहरूले भ्रमण गरेका छन् । सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी भुपेन्द्र यादवका अनुसार नेपाली एक सय ६४ जना, सार्क मुलुकबाट ३२ जना, अन्य देशबाट ५२ जना रहेका छन् ।

उनीहरूबाट दुई लाख २० हजार चार सय राजश्व संकलन भएको छ । पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रपछिको तेस्रो गन्तव्य स्थलको रूपमा परिचित रहेको यस निकुञ्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज भएका कारण पनि अत्यधिक मात्रामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन्छ ।

रसुवा ५७ प्रतिशत, नुवाकोट ७ प्रतिशत, सिन्धुपाल्चोक ३६ प्रतिशत रहेको छ भने एक हजार सात सय १० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्