अलैंची खेतीमा रमाउँदै डोल्मा



रसुवा (नेस) ।

जिल्ला को गोसाईंकुण्ड गाउँपालिका– ५ ठुलो भार्खुकी दावा डोल्मा घले अलैंची खेती गरेर मनग्गे आयआर्जन गरिरहनुभएको छ । २०७२ साल असार देखि शुरू गर्नुभएको अलैंची १५० वटा बिरुवा १५ रूपियाँको दरले तत्कालीन कृषि विकास कार्यालयवाट व्यक्तिगत रूपमा किनेर रोप्नु भएको उहाँको हाल चार सय विरुवा रहेका छन् । उक्त विरुवाबाट गएको वर्ष ५२ किलो अलैंची ६ सयका दरले बिक्री भयो । यस वर्ष ८० किलो अलैंची एक हजारका दरले बिक्री भएको दावा डोल्मा बताउनुहुन्छ । फल्न त १६० किलो फलेको थियो आधिजस्तो भालुले खाइदियो बाली नास भयो भनेर निकुञ्जमा निवेदन दिएको अहिलेसम्म केही अत्तोपत्तो नभएको उहाँको गुनासो रहेको छ ।

६ वर्षको दौरानमा शुरूमा किन्दा एक सय ५० बाट १ सय ७५ हुँदै हाल चार सय अलैंचीका बोट रहेको छ ।कृषि पेशा अँगालेरै नौ जनाको परिवार धानेको छ । श्रीमान् र उहाँ मिलेर अलैंचीलगायत अर्गानिक खेती काउली, बन्दा, मुला, गोलभेडा, साग, लसुन खुर्सानी, लगायत कुखुरासमेत पाल्नुभएको छ । गरे के हुँदैन र महिले गोसाईंकुण्ड ५ खोपाङमा २ रोपनी भिरालो आफ्नै जग्गामा अलैंचीलगायत अरू तरकारी लगाएर आयआर्जन गरेको पढेको छैन तैपनि पढेलेखेका मानिस सरहनै काम गर्न सक्छु उहाँको भनाइ रहेको छ ।

कुनै अनुदान नभई आफ्नै व्यक्तिगत रूपमा बिरुवा किनेर रोपेको हो । काम गरे विदेश यहीं छ दुख जहाँ गए पनि गर्न पर्छ मैले आफ्नै गाउँमा बसेर नै मनग्ये आम्दानी गरिरहेको छु दावा डोल्माको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्