रसुवा भन्सारले उठायो चार अर्ब ३३ लाख राजश्व



रसुवा (नेस) ।

रसुवा भन्सार कार्यालय ले आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार अर्ब ३३ करोड ४५ लाख नौ हजार सङ्कलन भएको भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो । आयातीत साना ठूला सवारी साधन, हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ताचम्पल, बच्चाको खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता अन्य सामग्री रहेका छन् । यस वर्ष भन्सारले ६ अर्ब ८१ करोड ११ लाखको राजश्वको लक्ष्य राखेको थियो ।

तर, सोचेभन्दा बढी मात्रामा सवारी साधन आयात भएपछि राजश्वमा वृद्वि भएको भन्सार प्रमुख मैनालीको भनाइ रहेको छ । कोरोना संक्रमण हुन नदिनका लागि उच्च सर्तकता अपनाएर सामान पल्टि गर्दा क्वारेन्टाइनमा राखिएका कामदारहरूले मात्रै मितेरी पुलमा परिचालित छन् ।

कोरोना सुरूवातदेखि हालसम्मको रेकड हेर्दा यस वर्ष साढे दुई गुनाले रावश्व बढेको छ । गतवर्ष यतिखेर यही समयमा एक अर्ब ७२ करोड २४ लाख दुई हजार मात्रै असुली भएको थियो । एक हजारभन्दा बढी कार, जिप, मिनिबस माईक्रो बस एम्बुलेन्स टिपर जुमक्रेन आयातीत छन् । नेपालबाट भने चीनतर्फ यो अवधिमा कुनै सामान निर्यात भएको छैन ।

प्रतिक्रिया दिनुहोस्