कामना सेवा विकास बैंकको शाखा स्थानान्तरण



काठमाडौं (नेस) ।

कामना सेवाविकास बैंक लिमिटेडको तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रहेको शाखा कार्यालयलाई ग्राहकको माग तथा सुविधालाई मध्यनजर गरी शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा शाखा स्थानान्तरण गरी सेवा प्रारम्भ गरेको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालले संयुक्त रूपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्