नेपाल बैंकले ६ महिनामा १ अर्ब ४१ करोड कमायो



काठमाडौं (नेस) ।

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय रिपोर्टअनुसार बैंकले अघिल्लो वर्षको भन्दा ४ लशमलव ९३ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपियाँ खुद नाफा कमाएको हो ।

अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपियाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ दशमलव ८० प्रतिशतले बढे पनि सञ्चालन नाफा भने २०.०८ प्रतिशतले घटेको छ ।

बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । रिजर्भ कोष पनि ६ दशमलव ४३ प्रतिशतले बढेर १७ अर्ब ४६ करोड रुपियाँभन्दा बढी पुगेको छ ।
चुक्ता पुँजी पनि १४ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी भने १ रुपियाँ ७० पैसाले घटेर १९ रुपियाँ ६७ पैसामा आइपुगेको छ भने पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३८ रुपियाँ १२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्