डोटीमा पहिलो पटक क्युआर कोडबाट रकम भुक्तानी शुरू



विमल विष्ट, डोटी ।

राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामा पहिलो पटक क्युआर कोडबाट रकम भुक्तानी गर्न शुरू गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ् भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलो पटक उक्त सेवाबाट भुक्तानी दिन सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाका प्रबन्धक गणेशबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ग्राहकको सहजताका लागि हामीले आजबाट पहिलो पटक क्युआर कोडबाट रकम भुक्तानी दिने व्यवस्था मिलाएका छौँ, जसले गर्दा ग्राहकलाई सहज हुने छ ।” उहाँका अनुसार क्युआर कोड भनेको चेक नचाहिने तथा मोबाइल बैंकिङ् भएका ग्राहक ग्राहकले सिधै बैंकमा आएर आफ्नो मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरेपछि चाहेको जति रकम झिक्न पाउने व्यवस्था मिलाइएको छ ।

ग्राहकले एक पटकमा न्यूनतम रु ५०० देखि एक लाख सम्म रकम उक्त क्युआर सेवाबाट झिक्न सक्ने प्रबन्ध मिलाइएको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जनाएको छ ।

उक्त सेवा प्रयोग गर्दा ग्राहकलाई सहज, झन्जट रहित तथा छिटो तरीकाबाट भुक्तानी हुने भएकाले बैंकमा पालो कुर्नु पर्ने समस्याको पनि समाधान हुने सहायक शाखा प्रबन्धक सुबोधकुमार पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्