सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार



काठमाडौं (नेस) ।

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । बैंकले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा ८४ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

साथै बैंकले ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिका– १ कुन्तादेवीमा ८५ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८५ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि फुलासीका वसन्तकुमार लामा र कुन्तादेवीका लालप्रसाद ढकाललाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङ्ग बाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्