सिटिजन लाइफको ब्रान्ड एम्बेसेडरमा महजोडी



काठमाडौ (नेस) ।

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दूत (ब्रान्ड एम्बेसेडर) मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापनाकालदेखि नै ब्रान्ड एम्बेसेडरको रूपमा महजोडी सिटिजन लाइफसँग आबद्ध थिए ।

सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालसाथै श्रेष्ठ हरिवंश आचार्यको हस्ताक्षर रहेको छ । यस सम्झौतापछि ब्रान्ड एम्बेसडर मह जोडीले सिटिजन लाइफका सेवाहरूको प्रचारात्मक कार्य, ब्रान्ड प्रवद्र्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी कार्यमा निरन्तरता दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्