सिटिजन्स बैंक अब विद्यापति चोकमा



काठमाडौं (नेस) ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विद्यापती चोक, जनकपुरमा आफ्नै सुविधा सम्पन्न भवन सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल सो भवनको सोमबार उद्घाटन गरेपछि बैंकिङ कारोबार शुरू भएको छ । सुविधा सम्पन्न सो शाखाबाट ग्राहकलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टरको समेत शुरुवात गरेको छ ।

साथै शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायी माझवित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा,घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्