हिमालयन बैंक अब महेन्द्रनगरमा



काठमाडौं (नेस) ।

हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहक महानुभावहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरू उपलब्ध गराउने भएको छ ।

महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा बैंकले सो शाखाबाट कारोबार शुरू गरेको छ । बैंकको यो शाखा कञ्चनपुरको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरूसहित लकर सेवासमेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्