भिभोको नयाँ सिरिज नेपाली बजारमा



काठमाडौं (नेस) ।

विश्वकै अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले स्मार्टफोनका क्यामरा सर्वसाधारणका लागि अझ पहुँच योग्य होस् भन्ने उद्देश्यले निरन्तर रूपमा काम गर्दै आइरहेको छ । ब्रान्डको भी सिरिज स्मार्टफोन वास्तविक प्राविधिक परिवर्तनको उदाहरणका रूपमा रहँदै आएका छन् । डिजाइन तथा क्यामराको कार्य सम्पादनलगायतका सबै विधामा भी सिरिजका स्मार्टफोन खरो उत्रिएका छन् । यसको श्रेय नयाँ तथा प्रयोगकर्ता मैत्री प्रविधिहरू ल्याउँदा उपभोक्तालाई केन्द्रमा राख्ने भिभोको परिपाटीलाई जान्छ ।

भिभो गहन बजार अनुसन्धान गर्ने, उपभोक्ताको स्मार्टफोनको आवश्यकता केलाउने तथा सबैका लागि उपयोगी हुने फोन बनाउने अभिभारा आफैंले निर्वाह गर्दै आएको छ । केही अफवाहहरूका अनुसार भिभोले ब्रान्डको उपभोक्ता प्रतिको प्रतिबद्धतालाई प्रस्ट्याउने आफ्नो भी सिरिजको पछिल्लो संस्करण भिभो भी २३ ई छिट्टै सार्वजनिक गर्ने भएको छ ।

यो स्मार्टफोनमा स्टेलर क्यामरा सिस्टम रहने आकलन गरिएको छ । केही लिक भएका विवरणहरूका अनुसार यस कोफ्रन्ट क्यामराले उपभोक्तामा रहँदै आएको क्यामरा इनोभेसन यात्राप्रतिको विश्वासलाई फेरि एकपटक सुनिश्चित गर्नेछ । यसै कुरालाई मध्यनजर गर्दै भी२३ईको मूल्य भर्खरै यस्ता पेसा सुरुआत गरेका उपभोक्ताले पनि खरिद गर्न सक्नेगरी निर्धारण गरिएको छ । सोसल मिडियाको प्रवृत्ति तथा फेसनको संगतमा हुर्के बढेका पिँढीका उपभोक्ताका लागि स्टाइलिस स्मार्टफोनको आवश्यकता रहेको भिभोले मनन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्