साओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा



काठमाडौं (नेस) ।

ग्लोबल टेक्नोलोजी लिडर साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पुस २१ गते बनेपा–६ को गोदामचोकमा आफ्नो नयाँ स्टोर खोलेको साओमीले त्यसको केही दिनपछि बालाजु, नयाँबसपार्कको बिजी मलमा पनि आफ्नो नयाँ स्टोर खोलेको हो । साओमीले आफ्नो स्टोरको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभर नयाँ र आधुनिक स्टोर खोल्ने योजना बनाएको छ ।

साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो–यीनयाँ स्टोरहरू खुलेपछि हाम्रा ग्राहकहरूलाई किनमेल गर्न अझ धेरै सजिलो हुने छ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्