नेपाल बङ्गलादेश बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन 



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’ लाई अवलम्बन गर्दै नेपाल बङ्गलादेश बैंकको  भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरूलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बङ्गलादेश बैंक भोजपुर शाखाका शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपयोगका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनु भएको थियो ।

हाल बैंकले देशभर १०० शाखा, १० एक्सटेन्सन काउन्टर र ८४ वटा एटिएम मार्फत बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्