लक्ष्मी बैंकको १०औं एक्स्टेन्सन काउन्टर विस्तार



काठमाडौं (नेस) ।

लक्ष्मी बैंकले सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो दशौं एक्स्टेन्सन काउन्टर नयाँबानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ । यस नयाँ एक्स्टेन्सन काउन्टरको स्थापनाका साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८शाखा, १० एक्स्टेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ ।

यसका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्