ग्लोबल आइएमई बैंकको विभिन्न योजना सार्वजनिक



काठमाडौं (नेस) ।

ग्लोबल आइएमई बैंकले कार्ड तथा डिजिटल बैंकिंङमार्फत गरिने कारोबारमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ । बैंकलेपुस १५ गतेदेखि माघ १५ सम्म मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने भएको छ ।

उक्त छुट तथा क्यासब्याक बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा गरिएको हो । सो अवसरमा क्युआर कारोबार, पस मेसिनमार्फत् गरिने कारोबार तथा रकम कारोबारमा १५ प्रतिशत अर्थात् ३ सयसम्म क्यासब्याक प्रदान गरिने जनाएको छ । पुस १७ गतेदेखि लागु हुने क्यासब्याक योजना सीमित अवधिका हुने बैंकले जनाएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्