३० जनाले पाए आइफोन उपहार



काठमाडौं, (नेस) ।

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरेको छ । फोनपेले असोज ३१ देखि पुस १६ सम्म सञ्चालन हुने गरी ल्याएको यसयोजनाम हालसम्म ३० जनालालाई आइफोन १३ हस्तान्तरण गरिएको छ । विजेतालाई फोनपेका ब्रान्ड एम्बेस्डर सन्दिप क्षेत्रीले आइफोन हस्तान्तरण गर्नुभयो ।

यो योजनामा फोनपे डाइरेक्टमार्फत् अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन् । यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् ।

फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गत वर्ष पनि योजना सञ्चालनमा ल्याएको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष पनि यस योजनालाई निरन्तरता दिइएको फोनपेले जनाएको छ ।

फोनपेमार्फत् कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० रुपियाँमा नै सहज रूपमा रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको सेन्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।

प्रतिक्रिया दिनुहोस्