धितोपत्र बोर्डमा अध्यक्षका लागि पुनः आवेदन माग



काठमाडौं (नेस) ।

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नका लागि पुन आवेदन माग गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले बिहीबार सार्वजनिक सूचना
जारी गर्दै आवेदन माग गरेको छ ।

बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि यसअघि अर्थ मन्त्रालयले समिति बनाएको र सो समितिमाथि कानुनी प्रश्न उठेपछि मन्त्रिपरिषद्को बैठकले अर्को समिति बनाएको थियो । मितिमा
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यका रूपमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघिको समितिमा विज्ञ सदस्यका रूपमा प्रा. डा. नारायण पौडेल रहेका थिए ।

नयाँ समिति बनेसँगै अब समितिले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि पुन आवेदन खुलाएको हो । समितिले १५ दिन अर्थात् पुस २९ गतेभित्र आवेदन दिन आग्रह गरेको छ ।
साथै यसअघि आवेदन दिएकाले पनि नयाँ सूचनाअनुसार फेरि आवेदन दिनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्