बिमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता



काठमाडौं ।

मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । नेपाल लाइफले मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै बिमाशुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर अन्त्यसम्ममा २ अर्ब ९८ करोड रुपियाँ प्रथम बिमाशुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरू बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ ।

जीवन बिमाको विश्वसनीयता तथा जीवन बिमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको छ । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले अभियानमार्फत कम्पनीलाई उचाइमा पुर्याउने दाबी गर्नुभयो ।

हरेक सूचकको अब्बलतालाई कायम गर्दै अगाडि बढ्दैगरेको दावा गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको अन्त्यसम्म कम्पनीसँग रु. १ सय १८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, रु. २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दाबी भुक्तानी र रु. ७.१९ अर्बको चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्