कर्मचारीको सुरक्षा गर्दै कुमारी बैंक



काठमाडौं ।

कुमारी बैंक लिमिटेडको नेतृत्वको कुशलताका कारण १९ करोड ऋण कर्जा प्रकरणमा बैंकका कर्मचारीहरू बैंकिङ्ग कसुर मुद्दाबाट जोगिएका छन् । गायक योगेश्वर अमात्यको जग्गामा प्रकरणसम्बन्धी उजुरीमा छानविन हुँदा सरकारी वकिल कार्यालयले त्यसमा बैंकिङ्ग कसुर मुद्दा समेत आकर्षित हुने देखिएको बताएको थियो । तर अमात्यको उजुरी पर्नुभन्दा अघि नै बैंकले आफूले दिएको कर्जा असुलउपर गरिसकेकोले बिशेष सरकारी वकिल कार्यालयले बैकिङ्ग कसुर मुद्दा चलाउन नपर्ने भनि राय व्यक्त गरेको कारण बैंकका कर्मचारीहरू बैंकिङ्ग कसुर मुद्दाबाट जोगिएका हुन् ।

बैंकका कायममुकायम कार्यकारी अधिकृत अनुजमणी तिमल्सिनाले कर्जाको लागि बैंकमा धितो राखिएको जग्गाको लालपूर्जा कीर्ते रहेको जानकारी प्राप्त गर्नासाथ ऋणीबाट कर्जा असुलउपर गराउनु भएको थियो । जसले गर्दा सर्वसाधारणको निक्षेप सुरक्षित हुनुका साथै बैंकका कर्मचारीहरू बैंकिङ्ग कसुर मुद्दाबाट जोगिएको हो ।

गायक योगश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर ऋणीले त्यही लालपूर्जाको आधारमा कुमारी बैंक लिमिटेड, न्युरोड शाखाबाट १९ करोड रुपियाँ कर्जा प्रबाह गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्