निर्माणकर्मीसँग शिवम् सिमेन्ट



काठमाडौं ।

शिवम् सिमेन्ट लिमिटेडले प्रदेश नम्बर २ अन्तर्गत पर्ने विभिन्न जिल्लाका १२ स्थानमा निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त अन्तक्र्रियामा १ हजारभन्दा बढी निर्माणकर्मी सहभागी भएका थिए ।

अन्तक्र्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीका लागि पाँच लाखबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण  गरेको थियो। देशका विभिन्न स्थानमा शिवम् सिमेन्टले २ हजार ५ सय बढी निर्माणकर्मीसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीको पाँच लाखबराबरको जोखिम बहन बीमा गरिसकेको छ ।

उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई  दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो।

शिवम् सिमेन्टले चरणबद्धरूपमा देशका विभिन्न स्थानहरूमा नियमितरूपमा निर्माणकर्मीहरूसँग प्राविधिक अन्तक्र्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको छ। हालसम्म निरन्तररूपमा देशका विभिन्न ३७ स्थानमा २५ सयभन्दा बढी निर्माणकर्मीहरूसँग प्राविधिक अन्तक्र्रिया गरी उनीहरूको जोखिम बीमा गराइसकेको कम्पनी प्रतिनिधिले बताएका छन्।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आइरहेका हुन्छन्, उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूका लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्