विजय लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं ।

आज (आईतबार) विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारणसभा तथा लाभांश वितरण गर्न लघुवित्तले १२ पुसदेखि बुक क्लोज गर्दैछन् । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले संस्थाको सभामा चाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न २४ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गैडाकोट रिसोर्ट, गैडाकोट, नवलपरासीमा नवौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीको हाल कायम चुक्ता पूँजीको २० दशमलव ०३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि एक दशमलव ०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । अन्य वित्तीय संस्थालाई प्राप्त गर्ने वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलार्ई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने , लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकको निर्वाचन गर्ने लगायतका विषयमा छलफल हुनेछ । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्